कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ।
शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन्। यो खबर आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले जानकारी दिए।
शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ।
कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ।
भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’ डा.थापाले भने।
थापाका अनुसार कोरोना सङ्क्रमितको शनिबार यन्त्रमा शवदाह भएपछि गृहका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल चालु दुई यन्त्रमा आलोपालो गरी दैनिक आठ शवदाह हुँदै आएको थियो । दाउरातर्फका ११ चिता भने चालु छ।
यहाँ शव जलाउने मजदुरलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने पर्याप्त साधन नभएको गुनासो मजदुरको छ । शव जलाउन ४१ मजदुर कार्यरत छन्।
Shares

प्रतिक्रिया