दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राति विज्ञप्ति जारी गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको सूचीमा दाङका गढवा वडा नम्बर ४, ५ र तुलसीपुर-७ निवासी क्रमशः २३, ३६ र ३४ वर्षीय पुरुष उल्लेख छन्। तीमध्ये तुलसीपुर-७ का ३४ वर्षीय पुरुष काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको खुलेको हो।
तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दिएको जानकारीअनुसार तुलसीपुर वडा नम्बर ७ घर भएका ती व्यक्ति हाल काठमाडौंकै एक हस्पिटलमा कार्यरत छन्। उनी अस्पतालमा सफाइकर्मीका रुपमा कार्यरत रहेकाे मेयर पाण्डेका प्रेस सल्लाहकार वसन्त आचार्यले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगरप्रमुख पाण्डेले लखेका छन्, ‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ।’

यो समेत गर्दा काठमाडौं उपत्यकामा ४ दिनभित्र ७ वर्षका दुई बालकसहित ७ कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार रातिसम्मका रिपाेर्टअनुसार नेपालमा कोरोना संक्रमितको कूल संख्या २ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। तर तीमध्ये ३३ जना निकाे भइसकेका छन्।

प्रतिक्रिया