ad ad

छापा खबर


फोरजी प्रयोगकर्ता साढे ४६ लाख नाघे

फोरजी प्रयोगकर्ता साढे ४६ लाख नाघे

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १:३०,

मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ।

दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो। २०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार ७२८ फोरजी प्रयोगकर्ता थिए।

एक वर्षको अवधिमा ८६‍३० प्रतिशतले फोरजी ग्राहकको संख्यामा वृृद्धि भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन्।

सो अवधिमा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये एनसेलका ग्राहक अधिक बढेको देखिएको छ। दोस्रो स्थानमा स्मार्ट र तेस्रोमा नेपाल टेलिकम छ। निजी क्षेत्रका सेवाप्रदायकले शतप्रतिशतले भन्दा धेरै ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल टेलिकमको ग्राहक जम्मा १८ प्रतिशतले बढेको छ।

२०७५ माघसम्म एनसेलको फोरजी ग्राहक १६ लाख ७२ हजार ८९१ थिए। २०७६ माघमा एनसेलको ग्राहक संख्या ११२ प्रतिशतले बढेर ३५ लाख ४५ हजार २८६ पुगेको छ। २०७५ माघसम्म स्मार्टको फोरजी ग्राहक एक लाख १९ हजार ६८० को संख्यामा थियो। २०७६ माघमा स्मार्टको ग्राहक संख्या १३१।३१ प्रतिशतले बढेर दुई लाख ७६ हजार ८३२ पुगेको छ।

२०७५ माघसम्म सरकारी स्वामित्वको नेपाल टेलिकमको फोरजी ग्राहक ७ लाख ११ हजार १५७ को संख्यामा थियो। २०७६ माघमा नेपाल टेलिकमको ग्राहक संख्या १८।४७ प्रतिशतले बढेर ८ लाख ४२ लाख ५४३ को संख्यामा पुगेको छ।

दूरसञ्चार सेवाप्रदायकमध्ये नेपाल टेलिकमले २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी विस्तार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .