बर्खे झरी सुरु भइसकेको छ।
अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा पानी परिरहेको छ। यस्तो बेला सवारीसाधन दुर्घटना हुने जोखिम बढ्छ।
यही कुरालाई मध्यनजर राख्दै काठमाडौं महानगरीय ट्राफिक महाशाखाले वर्षात्का बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी दिएको छ।
यस्ता छन् ती चार उपायः
१. सवारीसाधन चलाउनुअघि वाइपर हेडलाइट जाँच गर्नुहोस्ः भिजिलिटी कम भएको खण्डमा हेडलाइटको प्रयोग गर्नुपर्छ
२. सवारीसाधानको गति कम गर्नुहोस्ः पानी भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारीसाधन अनियन्त्रित हुन सक्छ।
३. ब्रेकिङ डिस्टेन्स बढाउनुहोस्ः सामुन्नेको सवारीसाधन र आफ्नो सवारीसाधनबीचको दूरी सामान्यभन्दा बढी राख्नुपर्छ।
४. सडकबाट ध्यान मोडिने कार्य नगर्नुहोस्ः सवारीसाधन चलाउँदा मोबाइल फोन वा ट्याबलेटको प्रयोग नगर्नुहोस्।
प्रतिक्रिया