ad ad

छापा खबर


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षलाई लगाइयो यस्तो अंकुश

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षलाई लगाइयो यस्तो अंकुश

नेपालखबर
असार २५, २०७६ बुधबार १:३,

सरकारले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले गर्दै आएको आफूखुसी निर्णयमा रोक लगाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोडै नियमावली जारी गरी अध्यक्षले गर्ने गरेको आफूखुसी निर्णयमा रोक लगाएको हो।

बोर्डका अध्यक्षले अहिले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव) सरह मात्र सुविधा पाउनेछन्।

यसअघि बोर्ड अध्यक्षलाई कति सुविधा दिने भन्ने कतै स्पष्ट व्यवस्था थिएन। आफूखुसी विदेश भ्रमणमा जान बोर्डका अध्यक्ष तथा अन्य पदाधिकारीलाई रोक लागेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।

नियमावली नहुँदा बोर्ड अध्यक्षले विदेश भ्रमणमा जानुपरे बोर्डको स्वीकृत लिए पुग्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .