सरकारले तरकारी र फलफूल विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको ४ वर्षभन्दा बढी भयो।
तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्। विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्ति अभाव छ।
जसका कारण भारतबाट निर्वाध रूपमा विषादी मिसिएका तरकारी र फलफूल आउने गरेका छन्। यो ख बर आजको नागरिक दैनिकमा छापिएको छ।
झापाको बिर्तामोड, सर्लाही, रूपन्देही, वीरगन्ज, नेपालगन्ज र मेहन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला ‘देखाउने दाँत’ मात्र भएका छन्।

प्रतिक्रिया