परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाका समकक्षी माराइज प्यानलाई टेलिफोन गरी नेपाली विद्यार्थीको समस्याबारे चासो व्यक्त गरेका छन्।
कोरोना महामारीका कारण अस्ट्रेलियामा एक वर्षभन्दा कम समयदेखि रहेका विद्यार्थीले रोजगारी गुमाएका कारण परेको मर्काप्रति सहयोग गर्न ज्ञवालीले आग्रह गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
अस्ट्रेलियाका विदेशमन्त्री प्यानले नेपालको चासोलाई गम्भीरतापूर्वक लिएको र सकेको सहयोग गर्ने आश्वासन दिएका छन्।
करिब आठ हजार नेपाली विद्यार्थीलाई पर्न सक्ने समस्याबारे नेपाली दूताबास र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको छ।
अस्ट्रेलियाले एक वर्षभन्दा कम समयदेखि त्यहाँ रहेका विदेशी विद्यार्थीको खानपानको लागि सहयोग गर्न नसक्ने जनाएको छ।
प्रतिक्रिया