छापा खबर


यी हुन् कोरोनासँग पराजित भएका विश्वका चर्चित व्यक्तित्व

यी हुन् कोरोनासँग पराजित भएका विश्वका चर्चित व्यक्तित्व

नेपालखबर
चैत २२, २०७६ शनिबार १:५८,

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ। गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए।

वेनलियाङको सूचित गराएको एक महिनापछि वुहान सहरमा कोरोना भाइरसले महामारीको रूप लियो । त्यसपछि मात्र कोरोना भाइरसप्रति सचेतना अपनाइएको हो।

३४ वर्षीय डा. वेनलियाङले सामाजिक सञ्जालबाट कोरोना भाइरससम्बन्धी जानकारी गराएका हुन्। त्यसवेला उनलाई समाजमा भ्रम फैलाउने काम गरेको भनी प्रहरीले पक्राउ गर्‍यो।

कोरोनाको उद्गमस्थल वुहान सहर सामान्य जीवनमै आइसकेको छ। तर, विश्वमा यसले आतंक मच्चाएको छ। कोरोनाले लिएका चर्चित व्यक्तिहरूको विवरण आजको नयाँ पत्रिका दैनिले छापेको छ।

प्रा.डा.जेम्स टी गुडरिच चर्चित अमेरिकन न्युरोसर्जन
अमेरिकाका प्रख्यात न्युरोसर्जन प्रा.डा. जेम्स टी गुडरिचको पनि कोरोना भाइरस संक्रमणबाट गत सोमबार निधन भयो। मार्चको तेस्रो सातामा ७३ वर्षीय डाक्टर गुडरिचलाई सामान्य ज्वर आएको थियो।

अस्पतालमा गरिएका परीक्षणमा उनको शरीरमा कोरोना भाइरस संक्रमण फैलिसकेको चिकित्सकहरूले जानकारी दिए । उपचारकै क्रममा विश्वले एक चर्चित न्युरोसर्जनलाई गुमायो।

सन् २००४ मा उनी र उनको टोली मिलेर टाउको जोडिएको जुम्ल्याह बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो । यही ऐतिहासिक शल्यक्रियापछि उनी संसारभरि प्रसिद्ध भए।

ली वेनलियाङ कोरोनाको जानकारी दिने पहिलो डाक्टर
चीनको वुहानबाट कोरोना भाइरस उत्पत्ति भएको थियो। यो भाइरससम्बन्धी जानकारी गराउने पहिलो व्यक्ति नै डाक्टर ली वेनलियाङ हुन्।

कोरोनाबाट संक्रमित हुँदा उनको उपचार आपत्कालीन अवस्थामा गरिएको थियो । संक्रमण भएको एक सातापछि अर्थात् २४ माघमा उपाचारका क्रममै उनको निधन भयो।

३४ वर्षीय वेनलियाङले सामाजिक सञ्जालबाट कोरोना भाइरससम्बन्धी जानकारी गराएका हुन्। त्यसवेला उनलाई समाजमा भ्रम फैलाउने काम गरेको भनी प्रहरीले पक्राउ ग¥यो। डाक्टर वेनलियाङले चेतावनी दिएको एक महिनापछि वुहानमा कोरोना एक महामारीका रूपमा फैलियो।

लोरेन्जो सान्ज रियल म्याड्रिड, पूर्वअध्यक्ष
स्पेनिस महारथी क्लब रियल म्याड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्ज कोरोना भाइरसबाटै संसारबाट बिदा भए। कोरोना संक्रमण देखिएको चार दिनपछि नै ७५ वर्षीय लोरेन्जोले अस्पतालमै अन्तिम सास फेरे । विश्व खेलकुदमा कोरोनाबाट निधन भएका व्यक्तिमध्ये लोरेन्जो चर्चित व्यक्तित्वमा पर्छन्।

फ्लोरयड कार्डोज विश्व चर्चित सेफ (स्वादिष्ट परिकार बनाउने)
कोरोना भाइरसबाटै विश्व चर्चित सेफ प्mलोयड कार्डोजको निधन मार्चको तेस्रो साता भयो। कार्डोजको निधनसँगै स्वादिष्ट खाना बनाउने क्षेत्रमा ठूलो क्षति भएको बताइन्छ।

मारिया टेरेसा स्पेनिस राजकुमारी
कोरेना भाइरसका कारण हाइप्रोफाइनल व्यक्ति गुमाउनेमध्ये स्पेनकी राजकुमारी मारिया टेरेसा पर्छिन् । ८६ वर्षको उमेरमा राजकुमारी टेरेसाको कोरोना भाइरस संक्रमणबाट निधन भयो।

योसुनोरी सिमुरा चर्चित जापाजिन हास्य कलाकार
योसुनोरी सिमुरा जापानकै चर्चित हास्य कलाकार हुन् । जापानमा उनी सिमुराभन्दा पनि केन सिमुरा नामले प्रख्यात थिए। मार्चको तेस्रो साता कोरोना भाइरसबाट संक्रमित भएपछि सिमुरा टोकियो अस्पतालमा भर्ना भएका थिए। ७० वर्षका सिमुराले भाइरसविरुद्ध लड्न सकेनन् । उपाचारका क्रममै उनको निधन भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .