ad ad

छापा खबर


लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन?

लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन?

नेपालखबर
चैत ११, २०७६ मंगलबार ०:४४,

गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कफ्र्यु लगाइन्छ।

सुरक्षा बाहेक अन्य कारणले मान्छेलाई आवतजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ।

कफ्र्यु स्थानीय प्रशासन ऐनअनुसार सिडिओ नेतृत्वको जिल्ला सुरक्षा समितिले लगाउन सक्छ।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रिय सरकार र प्रदेश सरकारले लकडाउनको निर्णय गर्छन्।

हाल सोही ऐनअनुसार लकडाउनको निर्णय भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने निर्णय गरेको छ।

निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ।

लकडाउनमा कफ्युमा भन्दा केही लचकता हुन्छ।

अत्यावश्यक सेवाका सवारीसाधन भने दुबै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन्।

अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

जसमा स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउँछन्।

खाद्य बस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काममा जान पाउनेछन्।

अन्य सरकारी कार्यालयका कर्मचारीलाई घरमै स्ट्यान्डबाई बस्न भनिएको छ।

नियम उलंघन गरे ६ महिनासम्म कैद हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .