समाज


सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

नेपालखबर
चैत ५, २०७६ बुधबार ३:३,

कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।

गैर सरकारी संस्था वाग्मती सेवा समाजले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सहायता कक्ष स्थापना गरेको हो।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलबार कक्षको उद्घाटन गरेका छन्।

कोरोना भाइरस संक्रमणका बारेमा सचेतना फैलाउन र कार्यालयमा आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए।

वाग्मती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको जानकारी दिए।

सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे÷नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था मिलाइएको छ।

सहायता कक्षमा तीन जना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताए।

समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने जानकारी दिए।

भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुवै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ।

ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad