छापा खबर


शिक्षाविद् भन्छन्- ‘बरु चौरमा गरौं, एसइई पछि नसारौं’

शिक्षाविद् भन्छन्- ‘बरु चौरमा गरौं, एसइई पछि नसारौं’

नेपालखबर
चैत २, २०७६ आइतबार १:२९,

कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन्।

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ। सरकारले एसईई हुने मुलुकभरका १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयको समन्वयमा डेस्क स्थापना गर्न लागिएको हो।

परीक्षा हलभित्र जानुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ । परीक्षाका क्रममा कुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट हुनेछ।

शिक्षाविद् विद्यानाथ कोइराला अहिलेको अवस्थामा परीक्षा नै रोक्न नपर्ने धारणा राख्छन्। तर कोरोना भाइरसको संक्रमण हुनबाट परीक्षार्थीलाई जोगाउने उपाय भने अपनाउनुपर्ने बताउँछन्।

‘परीक्षार्थीलाई हलमा राख्दा संक्रमण हुने सम्भावना रहन्छ भने ठूलो हल वा चौरमा राखेर पनि परीक्षा चलाउन सकिन्छ’, उनी भन्छन्, ‘बरु परीक्षार्थीलाई मास्क लगाएर आउन अनुरोध गरौं । पानी वा घामको समस्या हुने भएकाले चौरमा त्रिपाल टाँगेर पनि चलाउन सकिन्छ । आवश्यक परेमा स्वास्थ्यकर्मीको पनि परामर्श लिऔं।’

परीक्षा स्थगन गर्दा फेरि सञ्चालनको टुंगो हुन्न । अवस्था झन् खराब हुन सक्छ । टाढाटाढाका विद्यार्थी घर फर्किन्छन् । पुनः सञ्चालन जटिल र खर्चिलोसमेत हुन्छ । त्यसैले सकेसम्म रोक्न नहुने विज्ञहरूको अभिमत छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोनाको संक्रमण हुनबाट सचेतना अपनाए पनि परीक्षा नै रोक्ने गरी छलफल नभएको बताए। ‘परीक्षा आउन केही दिन बाँकी छ । त्यतिन्जेलमा विकराल समस्या आयो भने उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले

४ लाख ८२ हजार परीक्षार्थी
चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ।

ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad