छापा खबर


प्रधानमन्त्री ओली सामान्य अवस्थामा आउन १ वर्षसम्म लाग्ने

प्रधानमन्त्री ओली सामान्य अवस्थामा आउन १ वर्षसम्म लाग्ने

नेपालखबर
फागुन २८, २०७६ बुधबार ०:४६,

दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी हुन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. शाहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री)लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ। ६ महिनादेखि १ वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad