छापा खबर


काठमाडौंमा मध्यराति पत्नीले प्रहार गरिन् पतिलाई एसिड

काठमाडौंमा मध्यराति पत्नीले प्रहार गरिन् पतिलाई एसिड

नेपालखबर
फागुन २८, २०७६ बुधबार ०:३९,

काठमाडौंको तार्केश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन्।

तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्ने २४ वर्षीय रामराजा थापालाई उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ।

बालाजुस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापालाई तेजाब प्रहार भएको हो।

‘घरका झ्यालढोका बन्द रहेको र सुतिरहेको अवस्थामा तेजाब प्रहार भएको देखिन्छ, घरभित्रैबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ डीएसपी राठौरले भने। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ। तेजाब आक्रमणपछि घाइते थापाको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घरमा प्रतिमा र ३ महिनाका बच्चा मत्र थिए भने कोठामा बियरको बोतलमा तेजाब भेटिएको थियो। थापा दम्पतिबीच पटक पटक विवाद हुने गरेको थियो। श्रीमानभन्दा ३ वर्ष जेठी प्रतिमा होटलमा काम गर्थिन् भने श्रीमान् थापा सवारीचालक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad