छापा खबर


खासमा यसरी सर्छ कोरोना भाइरस, यस्तो छ बच्ने सजिलो तरिका

खासमा यसरी सर्छ कोरोना भाइरस, यस्तो छ बच्ने सजिलो तरिका

नेपालखबर
फागुन २५, २०७६ आइतबार २:३९,

कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो। कोभिड भनेको कोरोना भाइरस डिजिज हो। यो नयाँ कोरोना भाइरसले लगाएको रोगलाई कोभिड २०१९ भनिएको छ।

सुरुमा यो रोग चीनमा कुनै जनावरबाट मान्छेमा सर्‍याे। प्रायः मान्छेमा जनावरबाट आएको भाइरस रहँदैन। हाम्रो शरीरले त्यो भाइरस मार्न सक्छ। प्रायः भाइरस निश्चित जनावमार मात्रै बाँच्न सक्छन्। यो भाइरसचाहिँ कुनै कारण मान्छेमा पनि बाँच्न सक्ने र एउटा मान्छेबाट अर्काे मान्छेमा फैलिन सक्ने चरित्रको रहेछ।

श्वासप्रश्वाश प्रणालीबाट निस्कने र्यालका छिटाबाट सर्छ। त्यो र्‍याल कुनै सामानमा परेको छ भने त्यो सामानसँगको स्पर्शपछि त्यो हात आँखा, मुख, नाकमा लग्यौं अथवा कुनै चिज समायौं र खायौं भने त्यही र्यालका छिटा जता-जता जान्छन्, त्यही बाटोबाट हाम्रो शरीरभित्र प्रवेश गर्छ र हामीलाई रोग लाग्न सक्छ।

आज फागुन २५ आइतबार प्रकाशित नेपाल साप्ताहिकमा ह्याम्स अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी अगाडि भन्छन्, ‘कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक मच्चाइरहेको छ। अब हामीले रोगबारे जानकारी लिनुपर्छ। कसरी बच्ने सिक्नुपर्छ।

हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानी बसाल्ने र हात धुने भिडियो जनतासामु लग्ने। साबुनले हात राम्रोसँग धुन र पखाल्न २० देखि ३० सकेन्डसम्म लाग्छ। हात पखालेपछि सुकाउनु पनि पर्छ। सुकेन भने पनि पूरा सफा भइसकेको हुँदैन। त्यसबाहेक अरूलाई सर्न नदिन मास्क लगाउन हुँदैन। कोरोना भाइरसबाट बच्न भनेर बाटोमा हिँड्दा मास्क लगाउन आवश्यक छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad