ad ad

छापा खबर


मुद्दा हारेपछि ट्रष्टको जग्गा छाड्न तयार भइन् प्रेरणा

मुद्दा हारेपछि ट्रष्टको जग्गा छाड्न तयार भइन् प्रेरणा

नेपालखबर
फागुन २४, २०७६ शनिबार २:२८,

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन्।

हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन्।

तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको प्रस्ताव लैजाने ट्रस्टको तयारी छ।

राजतन्त्रको अन्त्यपछि नेपाल सरकारले ०६४ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रस्ट ऐन पारित गर्‍यो।

सोही आधारमा ट्रस्टले २१ हजार पाँच सय ६२ रोपनी जग्गा आफूमातहत ल्याइसकेको छ । राजा त्रिभुवनले अविवाहित कान्छी छोरी विजया शाहलाई संरचनासहितको छाउनीको जग्गा उपभोगका लागि दिएका थिए।

विजयाकोे मृत्युपछि उक्त जग्गा राजदरबारकै नाममा आएको थियो । ०६४ मा ट्रस्ट ऐन बनेपछि उक्त जग्गा ट्रस्टमातहत आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .