ad ad

छापा खबर


मास्क कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही

मास्क कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ०:४,

सरकारले मास्कको कालोबजारीगर्ने औषधि व्यवसायीमाथि कारबाही थालेको छ।

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना असुल्न थालेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्।

व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोगदर सयौँ गुणा बढेको छ।

विभागको टोलीले बिहीबार राजधानीका महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जरिवाना असुलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .