ad ad

छापा खबर


युट्युवर छ्याप्छ्याप्ती, कति हुन्छ कमाई?

युट्युवर छ्याप्छ्याप्ती, कति हुन्छ कमाई?

नेपालखबर
फागुन २२, २०७६ बिहिबार २:४४,

पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवमा क्रेज थामिनसक्नु भएको छ।

युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु छ्याप्छ्याप्ती छन्।

युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातीसँगै आम्दानीमा पनि मालामाल छन् युट्युवरहरु।

युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजारौँ युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न तल्लिन छन्।

युट्युवमा नियमित भिडियो हाल्ने र राम्रो भ्युज जाने च्यानलबाट राम्रै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए।

‘रमाइलो छ टडकम’ अनलाइनसमते चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिसमेत राखेका छन्।

एक वर्षमै २ लाखभन्दा बढी सब्सक्राइबर बटुलेका उनको कमाई मासिक दुई लाख भन्दा बढी छ।

चार लाख सब्सक्राइबर पुग्न लागेको च्यानल ‘फिल्मी न्युज’का सञ्चालक हुन् अनुप भट्टराई। उनले मासिक तीनदेखि पाँच लाखसम्म आम्दानी गर्छन्।

‘कमाइसँगै भिडियो बनाउन पनि निकै खर्च भइरहेको छ,’ उनले भने।

आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा सुरज खड्काले लेखेको समाचार अनुसार युट्युवमा आम्दानीसँगै प्रसिद्धि पनि छ।

युट्युवमा भिडियो हालेर पैसा कमाउने हो भने सुरुमा च्यानल मोनोटाइज भएको हुनुपर्छ।

च्यानल मोनोटाइज हुनको लागि सबैभन्दा पहिलो मापदण्ड एक हजार सब्सक्राइबर पुगेको हुनुपर्छ। त्यसपछि च्यानलमा चार हजार घन्टा बाच टाइम पनि पुगेको हुनुपर्छ।

युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ।

भिडियोको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउछ भन्ने निर्धारण गर्छ।

नेपालबाट अपलोड गरेको भिडियोहरुको टे«न्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब पाँच सय डलर कमाएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .