छापा खबर


काठमाडौँको वायुको गुणस्तरमा सुधार

काठमाडौँको वायुको गुणस्तरमा सुधार

नेपालखबर
फागुन १८, २०७६ आइतबार २:१८,

काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ।

अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ।

आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेको समाचार अनुसार यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २।५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्ने लक्ष्य राखेको छ।

डब्लूएचओका अनुसार कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिन्छ । वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको देखाएको थियो।

घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ।

आईक्यू एअरको गत वर्षको प्रतिवेदनअनुसार काठमाडौं प्रदूषित सहरको सूचीको १०० औं नम्बरमा थियो । यो वर्ष ९८ देश र त्यसभित्रका सहरको तथा गत वर्ष ७३ देश र सहरी क्षेत्रको वायुको गुणस्तर विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो।

क्षेत्रीय (वर्ल्ड रिजनल सिटिज) राजधानीको वरीयता मानकका हिसाबले पनि काठमाडौंको वायुको गुणस्तर एक स्थान माथि उक्लिएको छ । सन् २०१८ मा सातौं स्थानमा रहेको काठमाडौं सन् २०१९ मा छैटौं स्थानमा उक्लिएको हो ।

वातावरणविद् भूषण तुलाधरले सन् २०१९ मा वायु प्रदूषणको मात्रा दुई वर्षअघिजस्तो उकालो नलागेको बताए । ‘प्रदूषणको मात्रा रोकिएको देखिन्छ,’ उनले भने, ‘तर यसलाई भयंकर उपलब्धि भन्नचाहिँ मिल्दैन।’

वायु प्रदूषण मापन केन्द्रले दिने परिणामलाई विश्लेषण गरेर विश्वभरको वायुको गुणस्तर विश्लेषण गर्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad