पछिल्लो समय हामी धेरैजसोको समस्या बनेको छ- कपाल झर्ने। जुन-जुन स्याम्पु वा तेल प्रयोग गर्दा पनि कपाल झर्न रोकिँदैन। वास्तवमा कपाल झर्नुमा भित्री कारण हुन्छन्।
आजको नयाँ पत्रिकामा कपाल झर्ने ८ कारण दिइएको छ, ती हुन्-
१. कतिपयको कपाल वंशाणुगत गुणका कारण झर्छ।
२. धेरैजसो मानिसकोकपला तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ।
३. भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन, पोटासियको कमी हुँदा पनि कपालमा असर पुग्छ।
४. कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन्। यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ।
५.सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ।
६.पंmगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ। जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ।
७.गर्भावस्था, प्रसव र युवा अवस्थामा मानिसको हर्माेनमा परिर्वन आउन सक्छ। हर्माेन परिवर्तनका कारण पनि कपाल झर्ने गर्छ।
८. निद्रा नपुग्नु कपाल झर्नुको अर्काे कारण हो। निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ जसको सीधै असर कपालसम्म पुग्छ।

प्रतिक्रिया