ad ad

छापा खबर


सन्तानलाई आमा चिनाउने सशक्त फिल्म ‘आमा’

सन्तानलाई आमा चिनाउने सशक्त फिल्म ‘आमा’

नेपालखबर
फागुन १७, २०७६ शनिबार ४:८,

एउटी नारीलाई सन्तानको चाहना छ तर उनको सन्तान भइरहेको छैन।

अर्की आमा बुढेसकालमा छोराछोरीसँगै बस्ने, रमाउने रहर छ, तर उनको छोरा अमेरिकातिरै भास्सिएको छ। कागज, वकिल र घरको ऋणकै वरिपरि अल्मलिएको छ। बावुको मृत्यु हुँदा पनि ऊ घर आउँदैन।

तेस्री आमाले घर परिवार छाडेर अन्तरजातीय विवाह गरेकी छ। धन कमाउने आसमा श्रीमान् खाडीतिर छ। यिनै तीन आमा वरिपरि घुमेछ चलचित्र ‘आमा’। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले लेखेका छन्।

दीपेन्द्र के खनालको लेखन निर्देशन र छायांकन रहेको चलचित्र आमा यतिबेला प्रदर्शनमा छ। फिल्मको निर्माण शर्मिला पाण्डेले लिएकी छन्।

दर्शकको माया र बटुल्न सफल आमाले चौतर्फी तारिफ बटुलेको छ। फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला, देशभक्त खनाल, लक्ष्मी भुसाल, अशान्त शर्मालगायतका कलाकारको उत्कृष्ट अभिनय छ।

झमझम पानी परेको रातमा भर्‍याङबाट लडेर घाइते हुन्छन् देशभक्त। उनलाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याउँदै गरेको कारुणिक दृश्यबाट फिल्म सुरु हुन्छ। पूरै फिल्म जुरुक्कै बोक्ने आमाको भूमिकामा छिन् मिथिला शर्मा। सहरमा श्रीमान्सँग बस्दै आएकी उनकी छोरी आरतीको भूमिकामा छिन् सुरक्षा।

फिल्मले हामीले बाँचिरहेको समाजको चित्रण गरेको छ। निजी अस्पतालले उपचारको नाममा कसरी बिरामी र आफन्त ठग्छन् भन्ने यथार्थ देख्दा फिल्म हेरेको नभएर आफैंले समस्या भोगिरहेको आभास हुन्छ।

एकातिर डाक्टरको रुखो व्यवहार, औषधि पसलेको नमिठो वचन, अस्पतालका कर्मचारीको अशिष्ट बोली, पैसामा चल्ने डाक्टर, प्रशासकीय हाकिमको निर्दयी व्यवहार देख्दा फिल्म हेर्दै गरेका दर्शकको मन कटक्क खान्छ।

वैदेशिक रोजगारी आजको तीतो यथार्थ हो। गाउँदेखि सहरसम्म हरेक घरमा कोही न कोही वैदेशिक रोजगारीमा देशबाहिर छन्। उनीहरूकै भरमा चल्छ नेपालमा बस्ने परिवारको दैनिकी। देशको अर्थतन्त्रको ठूलो हिस्सा बोक्छ विदेशबाट आउने रेमिट्यान्सले। रेमिन्ट्यान्स पछाडि लुकेको पीडा फिल्मले सर्लक्क उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .