ad ad

छापा खबर


१०० विकेटको संघारमा सन्दीप, भन्छन्- यो मेरो ठूलो सफलता हुनेछ

१०० विकेटको संघारमा सन्दीप, भन्छन्- यो मेरो ठूलो सफलता हुनेछ

नेपालखबर
फागुन १७, २०७६ शनिबार ४:४,

ठ्याक्कै दुई वर्षजति अगाडि हो सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेलको प्रतीक्षामा निकै व्यग्र थिए। तत्कालीन दिल्ली डेयरडेभिल्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिइएपछि मात्र हो टोलीले सन्दीपलाई मौका दिएको। बाँकी सबै इतिहास बन्यो।

सन्दीपले आईपीएलमा आफ्नो पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लु आउट गरे। उनको यो विकेटयात्रा शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा अनुपम कोसेढुंगामा परिणत हुनेछ, उनले मलेसियाविरुद्धको हुने खेलमा एक विकेटमात्र लिन सके।

ट्वान्टी-२० मा त्यो विकेटले सन्दीपको १०० विकेट पूरा हुनेछ। यस्तो उपलब्धि हात पार्ने उनी नेपालको पहिलो खेलाडी बन्नेछन्। याे स्टाेरी आजकाे कान्तिपुरमा विनोद पाण्डेले लेखेका छन्।

सन्दीपले आईपीएल २०१८ को सिजनमा अन्तिम तीन खेलमा मौका पाए। त्यसमा ५ विकेट लिए। आईपीएलमा पाएको त्यस ‘ब्रेक थ्रु’ र आफ्नो प्रतिभाका कारण सन्दीपलाई विश्वका लगभग सबै ठूलो फ्रेन्चाइज क्रिकेटमा खेल्न बाटो देखाइदियो।

त्यसयता उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग, टी-१० लिग, ग्लोबल लिग क्यानडामा खेलिसकेका छन् ।

‘यति चाँडो १ सय विकेट नजिक पुग्छु भनेर आस गरेको थिइनँ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जुनखाले खेलतालिका थियो त्योअनुसार खासै खेल्न पाइँदैनथ्यो। त्यसैले यो यात्रा अविश्वसनीय छ,’ सन्दीपले बैंककबाट भने, ‘१ सय विकेटलाई लिएर उत्साही छु। यो मेरो ठूलो सफलता हुनेछ तर १ सय विकेटलाई लिएर मात्र म खुसी हुने छैन। त्यसपछि अर्को १ सय विकेट र आफ्नो खेलजीवन टुंग्याउँदा ५ सय विकेटको लक्ष्य राखेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .