ad ad

छापा खबर


३३ मुलुकमा फैलियो कोरोना भाईरस

३३ मुलुकमा फैलियो कोरोना भाईरस

नेपालखबर
फागुन १४, २०७६ बुधबार ३:१०,

चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप चीन बाहेक विश्वका ३३ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ।

कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो।

यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्नेहुनाले हुवेईका झण्डै ६ करोड जनता क्वारेन्टाईनमा रहेका छन्।

आजको समाचारपत्र दैनिकमा भगवती तिमल्सिनाले लेखेको समाचार अनुसार चीनमा १ अरब ४२ करोड जनसंख्या रहेको र हुवेईमा मात्र ६ करोड जनसंख्या रहेको र सोही प्रान्तलाई चीन सरकारले बिशेष निगरानीका साथ क्वारेन्टाईनमा राखेर बिरामीको उपचार गराईरहेको छ।

पछिल्लो समय हुवेईबाट अन्य मुलुकमा यात्रा गर्ने व्यक्तिलाई समेत स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र यात्रामा समेत विशेष ध्यान दिन विश्व स्वास्थ्य संगठनले निर्देश गरिसकेको छ ।

फ्ब्रुअरी २४ सम्म चीनमा मात्र ७७ हजार २ सय ६२ जना संक्रमित भएका छन भने २ हजार ५ सय ९५ जनाको मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय कोभिड १९ बाट संक्रमित हुने अन्य मुलुकमा दक्षिण कोरिया र जापान अग्रस्थानमा रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

दक्षिण कोरियाली सेनाले कोरोना भाइरसका बिषयमा सुरक्षा अपनाउनुका साथै स्वास्थ्य उपचारका लागि खटिने जनशक्ति र सुरक्षाकर्मीका लागि विशेष तालिम दिन लागेको समाचार एजेन्सीहरुले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .