दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो जिल्लाका दुई स्थानमा चट्याङ पर्दा तीन जनाकाे ज्यान गएकाे हाे।
तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरस्थित गीता चौधरीको घरमा चट्याङले लाग्दा उनकी ७ वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो।
दिउँसो १ः०० बजे चट्याङ लागेर गम्भीर घाइते भएकी आचार्य र चाैधरीकाे राप्ती अस्पतालमा उपचारका क्रममा दिउँसाे करिब ३ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
त्यसैगरी चट्याङ लागेर घोराही उपमहानगरपालिका-११ हापुरका सूर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराको पनि मृत्यु भएको छ, आजको नेपाल समाचारपत्रले खबर छापेको छ।
आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो।

प्रतिक्रिया