छापा खबर


सम्बन्ध सुधार्न ओली-नेपाल एक्लाएक्लै ४ घण्टा छलफल

सम्बन्ध सुधार्न ओली-नेपाल एक्लाएक्लै ४ घण्टा छलफल

नेपालखबर
माघ २१, २०७६ मंगलबार ४:४६,

नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार चार घन्टा लामो भेटवार्ता भएको छ।

दुई नेताबीच अविश्वास चुलिँदै गएको चर्चा चलिरहेका वेला एक्लाएक्लै छलफल भएको हो। यसअघि २७ कात्तिकमा पनि दुई नेताबीच अहिलेजस्तै चार घन्टै लामो छलफल भएको थियो।

दुई नेताबीच पार्टी र सरकार सञ्चालन तथा केन्द्रीय कमिटी बैठकको समीक्षामा केन्द्रित रहेर छलफल भएको खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

‘उहाँहरूबीच निरन्तर छलफल र संवाद चल्दै आएको छ, पार्टीभित्रका समकालीन नेता भएकाले उहाँहरूबीच लामै छलफल हुने कुरा नौलो पनि भएन। त्यसकै निरन्तरताका रूपमा सोमबार पनि छलफल भएको हो,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘आवश्यकताअनुसार सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्दै आउनुभएको छ र गर्दै जानुहुनेछ।’

वरिष्ठ नेता नेपालनिकट एक नेताका अनुसार छलफलमा दुई नेताबीच पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने र आपसी विश्वासको वातावरण बनाउँदै अघि बढ्ने विषयमा समझदारी भएको छ। पार्टी एकतापछि ओली–नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन।

पार्टी सञ्चालनमा ओलीले विधि मिचेको भन्दै नेपालले उनको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका छन् । उनको कार्यशैलीमाथि नेपालले केन्द्रीय सचिवालयमै दुईपटक ‘नोट अफ डिसेन्ट’ लेखिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .