नेदरल्यान्डमा ५५ वर्षमाथिका १० हजार १ सय ५६ व्यक्तिले इच्छामरण मागेका छन्।
नेदरल्यान्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्युगो डी जोङले शुक्रबार संसदमा यसबारे जानकारी गराएका हुन्।
एक रिपोर्टका आधारमा जानकारी गराउँदै उनले यसबारे संसदलाई सूचित गराएका हुन्।
ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायबारे विचार गरिरहेको जानकारी गराइएको छ, एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले खबर छापेको छ।
गम्भीर बिरामी भएर मर्नुभन्दा सहज मृत्यु खोजेको उक्त रिपोर्टमा उल्लेख छ। स्वास्थ्य मन्त्रीले भने, हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ।
माघ २१, २०७६, साेमबार
प्रतिक्रिया