चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली स्वदेश फर्किने भएका छन्। उनीहरूले आइतबार साँझससम्म नेपाल जान पाऊँ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फाराम भरेका छैनन्। उहान भ्रमणमा आएका नेपालीसमेत फर्किन लागेको उपप्रमुख लम्सालले बताए, आज सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा बेइजिङबाट अजय अलौकिकले खबर लेखेका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित उहान सहरबाट ५९, चिङ्चो, चिङ्मन, अनसी, सयान र यिछाङ सहरबाट क्रमशः ५०, ९, २९, २८ र ५ जनाले नेपाल फर्किन आवेदन दिएका छन्। ‘बाँकी नेपालीलाई एकपटक सोधिनेछ, त्यसपछि अन्तिम सूची तयार हुनेछ,’ उपप्रमुख लम्सालले भने।
स्वास्थ्य जाँचपछि व्यवस्थापन
चीनबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य जाँचपछि व्यवस्थापन गरिने भएको छ। विभिन्न स्थान अवलोकन गरी छलफल चलिरहे पनि अझै टुंगो लोको छैन। कोरोना भाइरस संक्रमण भएको पाइए तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिन्छ भनेर अन्नपूर्ण पोस्टमै दिनेश गौतमले खबर लेखेका छन्।

प्रतिक्रिया