छापा खबर


कर्मचारी नहुँदा भारतमै रोकियो नेपाल आउने रेल

कर्मचारी नहुँदा भारतमै रोकियो नेपाल आउने रेल

नेपालखबर
माघ १९, २०७६ आइतबार ३:३१,

रेल सञ्चालनमा ल्याउने भनिएको समय नजिकिइसक्यो। तर, कर्मचारी नहुँदा रेल आउनेमा अन्योल झन् बढेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभागले पयाप्त पूर्वतयारी गर्न नसक्दा कर्मचारी भर्नामा ढिलाइ भएको हो। जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन गर्न लागिएका दुई सेट रेलमध्ये एउटा तयार भइसकेको छ। अर्कोको निर्माण पनि अन्तिम चरणमा छ।

बनिसकेको रेल ल्याउने तयारी नहुँदा अहिले भारतमै अड्किएको खबर आजको कान्तिपुरमा विमल खतिवडाले लेखेका छन्। कर्मचारी भर्ना नगर्दासम्म रेल आउने सम्भावना छैन।

विभागले लामो समयदेखि कर्मचारी माग गर्दै आएको थियो। तर, मन्त्रालयले उदासीनता देखाउँदा कर्मचारी भर्नामा ढिलाइ भएको छ। विभागले २ सय कर्मचारी माग गर्दै मन्त्रालयमा पठाए पनि निर्णय हुन ६ महिनाभन्दा बढी लागेको छ।

रेल सञ्चालनसम्बन्धी नियमकानुन पनि बनेको छैन। रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस भएर छलफलका क्रममा छ।

‘पहिला हाम्रो तयारी पुगेन, यसमा कसैलाई दोष दिने ठाउँ छैन,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘निर्णयकर्ता हामी नै हौं, यसमा ढिलाइ भएकै हो, त्यसैले रेल आउन केही समय लाग्न सक्छ।’

कर्मचारी राख्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको र सोहीअनुसार भर्नाका लागि प्रारम्भिक चरणको काम अघि बढाइएको उनको भनाइ छ। भारतबाट २६ जना कर्मचारी ल्याइने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad