चीनबाट प्रकोपको रुपमा विश्वभर फैलिएको नोवल कोरोना भाइरसको संक्रमणले संक्रामक रोगसँग जुध्ने स्वास्थ्य क्षेत्रको पूर्व तयारीमा चुकिरहेको नेपाललाई नराम्ररी झक्काएको छ।
कोरोनासँग जुध्ने दह्रो तयारी नगर्ने हो भने मुलुकको जनस्वास्थ्य र अर्थतन्त्रमा पर्ने असर कहालीलाग्दो हुनसक्छ। यो खबर आजको हिमाल साप्ताहिकमा रामु सापकोटाले लेखेका छन्।
नेपालमा माघ १० मै एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ।
उनी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किएका छन्।
अस्पतालका मेडिकल प्रमुख कन्सल्टयान्ट डा.अनुप बाँस्तोला संक्रमित युवालाई एन्टीबायोटिकसहितका औषधि चलाएर भाइरसमुक्त बनाएको बताउँछन्। डिस्चार्ज भए पनि उनलाई अस्पतालले निगरानीमै राखेको छ।
यो भाइरसबाट १७ माघसम्म विश्वका २६ मुलुक प्रभावित भएका छन्। यसबाट विश्वमा १० हजार बढी संक्रमित भइसकेका छन्। २१३ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले रसुवागढी र तातोपानी नाकामा चीनबाट आउने व्यक्तिको स्वास्थ्य जाँच्ने हेल्थ डेक्स राखेको छ।
विमानस्थलले चीनबाट आएका शंकास्पद बिरामी रहेको जहाजलाई आइसोलेसन पार्कमा राख्ने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया