छापा खबर


भीम रावललाई मत्थर पार्ने ओली-प्रचण्डको यस्तो प्रयास

भीम रावललाई मत्थर पार्ने ओली-प्रचण्डको यस्तो प्रयास

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १:१९,

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए। तर रावलले आफू प्रमाणबिना नबोल्ने भएकाले यो विषयमा जहाँ र जस्तो ठाउँमा पनि धारणा राख्न सक्ने बताएका थिए।

स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी काममा अछाम रहेका रावललाई पार्टी अध्यक्ष दाहालले निरन्तर फोन गरेर काठमाडौ बोलाएका थिए।

१४ गते साँझ काठमाडौं आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको निरन्तर फोनका कारण १२ गते साँझ नै काठमाडौं आएका थिए।

काठमाडौं आएपछि सुरुमै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे। त्यसपछि दाहालसँग भेटेर उनले आफ्ना कुरा राखेका थिए।

उनले केन्द्रीय कमिटीको बैठकमा एमसिसीलाई छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर १५ गतेको बैठकको एजेन्डामा एमसिसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा मागे गरे।

सोहीअनुसार अहिले केन्द्रीय कमिटीको बैठकमा एमसिसीमाथि बहस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad