छापा खबर


कस्ता हुन्छन् कोरोना भाइरसका लक्षण? यसको संक्रमणबाट कसरी बच्ने?

कस्ता हुन्छन् कोरोना भाइरसका लक्षण? यसको संक्रमणबाट कसरी बच्ने?

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ०:३८,

चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ।

चीनबाट फर्केका व्यक्तिमा कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि पहल थालेको छ।

श्वास प्रश्वासको माध्यमबाट एकबाट अर्कोमा सर्ने यो रोग लक्षण देखिनुअघि नै अर्को मान्छेमा सर्न सक्ने जोखिमपूर्ण भएकाले भाइरस नियन्त्रण गर्न कठिन हुने खबर आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा महेश तिमल्सिनाले लेखेका छन्।

कस्ता हुन्छन् लक्षण?
शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेका अनुसार कोरोना भाइसरको संक्रमण भए अत्यधिक टाउको दुख्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने, अधिकतम ज्वरो आउने, श्वास प्रश्वासमा समस्या हुने, कम्पन हुने जस्ता लक्षण देखिन्छ।

कसरी जोगिने?
सरसफाइमा ध्यान दिने।
बाहिर निस्कँदा माक्स लगाउने।
बाहिरबाट आएपछि सावुनपानीले हात धुने।
अत्यधिक ज्वरो आएमा सिटामोल खाने।
माछामासु राम्ररी पकाएर मात्रै खाने।
वैदेशिक यात्रा गर्दा सम्बन्धित देशका बारेमा अग्रिम जानकारी लिने।
धुमपान मद्यपान नगर्ने।
फ्लुजस्ता लक्षण देखिएको मानिसको सम्पर्कमा नजाने।
फ्लुको लक्षण देखिए चिकित्सकसँग परामर्श गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad