छापा खबर


एउटै बोकाको तौल १७० किलो!

एउटै बोकाको तौल १७० किलो!

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ०:१२,

सामान्यतया बोका र खसीको तौल ४५/५० किलो ग्राम मात्रै हुन्छ भनिन्छ।

तर, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ११ डिभर्नामा १७० किलोको बोका फेला परेको खबर आजको कारोबार दैनिकमा अर्घाखाँचीबाट घनश्याम पौडेलले लेखेका छन्।

स्थानीय कृषकले तीन वर्षअघि अस्टे«लियाबाट ३ लाख रुपैयाँमा खरिद गरेर ल्याएको बोयर जातको बोकाको तौल हाल १७० किलो पुगेको छ।

यो बोकाको कारण डिभर्नामा बोयर जातका बाख्रा उत्पादनसमेत बढेको छ।

मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहका किसानले शुद्ध बोयर जातको बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad