छापा खबर


प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसकाे जोखिम, बालुवाटारमा गरियाे यस्तो कडाइ

प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसकाे जोखिम, बालुवाटारमा गरियाे यस्तो कडाइ

नेपालखबर
माघ १५, २०७६ बुधबार १:८,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षा बढाइएको छ।

निमोनिया गराउने नोवल कोरोना भाइरसको प्रकोप विश्वव्यापी फैलिन थालेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सतर्कता अपनाइएको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि पनि मौसमी रुघाखोकीका बेला ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउने गरिएको थियो। ‘नयाँ भाइरसको विस्तार हेरेर अहिले हाम्रा प्रधानमन्त्री मात्र नभई भारत, अमेरिका, चीनलगायत राष्ट्र र सरकार प्रमुखको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सले भने, ‘हाम्रा प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले थप स्वास्थ्य सुरक्षा चाहिन्छ।’

१३ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री ओलीलाई रुघाखोकीलगायत विभन्नि खाले मौसमी संक्रमणबाट बचाउन चिकित्सकले सतर्कता अपनाउने गरेका छन्। 

मिर्गाैलामा पुनः समस्या देखिएपछि प्रधानमन्त्री ओली करिब ७ महिनादेखि उपचारमा छन्।  उनको नियमित डायलसिस हुँदै आएको छ। प्रप्रधानमन्त्री ओलीलाई मौसमी रुघाखोकी र निमोनियाविरुद्धको खोप निरन्तर लगाइँदै आएको छ। धेरै समय अघिदेखि प्रधानमन्त्रीलाई भेट्न जानेले हातमा स्यानिटाइजर लगाउनुपर्छ। नोवल कोरोना भाइरसको प्रकोप देखिएपछि हाल स्यानिटाइजर लगाउनुपर्ने प्रक्रियामा थप कडाइ गरिएको छ ।

प्रधानमन्त्री सम्भावित संक्रमणबाट जोगाउन रुघाखोकी र ज्वरो आएका व्यक्तिलाई बालुवाटार निवास वा निकट सम्पर्कमा बस्न दिइँदैन। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

‘रुघाखोकीलगायत लक्षण भएका सुरक्षाकर्मी त के कोही पनि प्रधानमन्त्री ओली नजिक बस्न पाउँदैनन्,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन्, ‘त्यस्तो बेला म पनि प्रधानमन्त्रीको नजिक जान्नँ।’

पछिल्लो समय चीन गएर फर्केको स्वस्थ व्यक्तिसँग भेट्दासमेत प्रधानमन्त्रीले एक मिटरको दूरी कायम गर्दै उचित स्वास्थ्य सुरक्षाको उपाय अपनाउनु आवश्यक हुने एक वरिष्ठ मिर्गौला रोग विशेषज्ञले बताए। उनका अनुसार नोवल कोरोना भाइरसको सम्पर्कमा आएका व्यक्तिहरूमा इन्क्युबेसन पिरियड (शरीरमा कीटाणु प्रवेश गरेपछि लक्षण देखिन लाग्ने समय)ले गर्दासमेत तत्काल लक्षण नदेखिएको हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad