छापा खबर


विप्लव समूहका नचिनिएका नयाँ अनुहार फिल्डमा

विप्लव समूहका नचिनिएका नयाँ अनुहार फिल्डमा

नेपालखबर
माघ ५, २०७६ आइतबार २:११,

सरकारी सुरक्षा संयन्त्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले केन्द्रीय नेताहरू धमाधम पक्राउ पर्न थालेपछि तल्ला तहका नयाँ अनुहारका नेतालाई फिल्डमा खटाउन थालेको विश्लेषण गरेको छ।

शीर्ष तहका नेताहरू धमाधम पक्राउ पर्ने र पक्राउपछि अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित दल नेकपाले रणनीति बदल्दै तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा खटाउन थालेको विश्लेषण सुरक्षा संयन्त्रले गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएयता १० महिनाको अवधिमा १ हजार २ सय ६५ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

जसमध्ये केन्द्रीय तहका नेताको संख्या मात्रै २ सय ५९ छ । एक उच्च तहका सुरक्षा अधिकारीले केन्द्रीय तहका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव समूहले तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा परिचालन गर्न थालेको सूचना आएको बताए।

‘पहिलो वरीयताका नेता धमाधम पक्राउ पर्न थालेपछि तल्ला तहका नयाँ अनुहारलाई परिचालन गरिएको भन्ने सूचना आएको छ, केही घटनाक्रमहरूबाट त्यस्तो देखियो,’ ती अधिकारीले भने।

सरकारी सुरक्षा संयन्त्रअन्तर्गत प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरीको इन्टिलिजेन्स शाखा, सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स शाखा र नेपाली सेनाको डिर्पाटमेन्ट अफ मिलिट्री इन्टिलिजेन्सबाट समेत मुलुकको सुरक्षाका विषयमा विश्लेषण हुँदै आएको छ।

पक्राउपछिका यस बीचमा करिब सय बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरेका छन् । यस्तै, करिब दुई दर्जन नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको बताउँदै आएका छन् भने केहीले पक्राउपछि आत्मसमर्पणसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad