छापा खबर


मानवमा पहिलोपटक देखिएको खतरनाक कोरोना भाइरस कस्तो हो?

मानवमा पहिलोपटक देखिएको खतरनाक कोरोना भाइरस कस्तो हो?

नेपालखबर
माघ ५, २०७६ आइतबार ०:२१,

चीनमा ‘सार्स’ जस्तै भाइरसका कारण दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म नयाँ प्रकारको भाइरसबाट ४५ जना संक्रमित भेटिएको चीनले जनाएको छ।

रहस्यमय प्रकृतिको नयाँ भाइरसबाट चीनले जनाएभन्दा बढी प्रभावित भएको हुन सक्ने बेलायत आधारित वैज्ञानिकहरूले बताएका छन्। उनीहरूले सैयौं मानिस प्रभावित भएको हुन सक्ने भन्दै यसबाट सचेत रहन आग्रहसमेत गरेका छन्।

वैज्ञानिकहरूले शुक्रबार प्रकाशन गरेको अनुसन्धान विवरणअनुसार वुहान सहरमा नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजारभन्दा बढी छ। एजेन्सीलाई उधृत गर्दै आजको कान्तिपुरले यो खबर छापेको छ।

के हो नयाँ भाइरस?
विश्व स्वास्थ्य संगठनका अनुसार चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस रुघाखोकी ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ र ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ जस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि नदेखिएको भाइरस हो। कोरोना भाइरस जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। चिनियाँ पक्षले पनि यो भाइरस मानिसबाट मानिसमा सरेको घटना भने नपाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad