ad ad

छापा खबर


यस्तो छ कोटेश्वरमा जाम कम गर्ने सरकारको योजना

यस्तो छ कोटेश्वरमा जाम कम गर्ने सरकारको योजना

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ३:२२,

सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ।

सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना छ।

यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सरकारले त्यहाँको जाम कम गर्न कोटेश्वर चोकबाट जडीबुटी चोकतिर जाँदा बायाँतर्फबाट सोझै ३२ वडा कार्यालय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्ने रणनीति तय गरेको छ । उक्त काम असारभित्र सडक विभागले गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सवारी जाम हटाउने दोस्रो विकल्पमा जडीबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई घर हटाउने योजना छ। सडक विभागले चैत्रभित्र उक्त काम गरिसक्नुपर्ने जिम्मा दिइएको छ।

तेस्रो योजनाअनुसार जडीबुटी चोकबाट निर्माणधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्नुपर्नेछ । उक्त कामको जिम्मेवारी पनि सडक विभागको नै तोकिएको छ।

विभागले असारभित्र उक्त काम गरिसक्नुपर्नेछ । पाँचौं विकल्पमा सरकारले जडीबुटी चोकबाट कोटेश्वरसम्म बायाँतिर सर्भिस लेन विस्तार गर्ने योजना बनाएको छ भने छैंटो विकल्पमा अकासे पुल निर्माण रहेको छ।

सरकारले सडक विभागलाई असारभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कोटेश्वर चोकको उपयुक्त स्थानमा आकाशे पुल निर्माण गर्ने कार्य योजना अघि सारेको छ।

सरकारले हालै तय गरेको कार्ययोजनामा काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्य योजना अघि सारेर काम समेत थाालेको छ । कार्ययोजनाअनुसार उपत्यकाका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने छ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ ।

कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .