छापा खबर


नेपालमा पनि भेटियो प्राणघातक कोरोना भाइरस

नेपालमा पनि भेटियो प्राणघातक कोरोना भाइरस

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ०:३८,

सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रुप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ।

यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन्।

सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए।

सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन्। सार्स जनावरबाट मानिसमा सर्छ।

तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो /होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad