ad ad

छापा खबर


बजेट खर्च झन् कमजोर : १ खर्ब ७४ अर्ब खातामै

 बजेट खर्च झन् कमजोर : १ खर्ब ७४ अर्ब खातामै

नेपालखबर
माघ १, २०७६ बुधबार २३:४७,

प्रधानमन्त्रीले आफै समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ।

चालु आर्थिक वर्षको ६ महिना (साउन- पुस) मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ अर्ब रुपैयाँ सरकारी खातामै थन्किएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार पुसर २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ।

राजस्व, वैदेशिक अनुदान तथा ऋण लगायतका शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात रहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .