छापा खबर


एसईई नतिजा उस्तैः डेढ लाख विद्यार्थी मौका परीक्षामा जानुपर्ने

एसईई नतिजा उस्तैः डेढ लाख विद्यार्थी मौका परीक्षामा जानुपर्ने

नेपालखबर
असार १३, २०७६ शुक्रबार १:१४,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।

बोर्डले पहिलो चरणमा साधारण र प्राविधिक धारतर्फका नियमित विद्यार्थीको मात्रै नतिजा सार्वजनिक गरेको हो ।

दुवैतर्फका ग्रेडवृद्धि परीक्षामा सामेल भएकाहरूको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

नतिजामा सरकारी लगानीका सामुदायिक विद्यालयको अवस्था निजी विद्यालयको भन्दा निकै कमजोर देखिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

सरकारी विद्यालयको शैक्षिक सुधारका लागि सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभाव नदेखिएको हो । यस वर्षको नतिजामा पनि निजी विद्यालयकै धेरै विद्यार्थीले बढी जिपिए ल्याएका छन्।

कुल सहभागी चार लाख ९५ हजार दुई सय ७५ विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट ७०.८४ र निजी विद्यालयबाट २९.१६ प्रतिशत विद्यार्थी छन् । तर, ३.६० देखि ४ जिपिए ल्याउने १७ हजार आठ सय ८० मध्ये १४ हजार सात सय ८८ जना निजी विद्यालयकै छन् ।

सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ ले मात्रै ए प्लस प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउने ५१ हजार एक सय ३७ मध्ये ३९ हजार नौ सय १४ जना निजी विद्यालयकै विद्यार्थी छन् । उक्त जिपिए प्राप्त गर्ने सामुदायिकका ११ हजार दुई सय २३ ले मात्रै छन् ।

यस्तै, सबैभन्दा तल्लो जिपिए ०.८० देखि १.२० सम्म ल्याउनेमा भने सामुदायिक विद्यालयका चार हजार दुई सय ९६ र निजीमा एक सय ३३ जना मात्रै रहेका छन् ।

यसरी तुलनात्मक रूपमा हेर्दा बढी जिपिए प्राप्त गर्नेमा निजीका बढी विद्यार्थी छन् भने कम जिपिए प्राप्त गर्नेमा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या उच्च रहेको छ । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad