छापा खबर


मर्जरमा जान बाणिज्य बैँकहरुलाई राष्ट्र बैँकको दबाब

मर्जरमा जान बाणिज्य बैँकहरुलाई राष्ट्र बैँकको दबाब

नेपालखबर
असार १३, २०७६ शुक्रबार ०:१९,

नेपाल राष्ट्र बैँकले वाणिज्य बैँकहरुको संख्या घटाउन दबाब नै सुरु गरेको छ।

केन्द्रीय बैँकले मौद्रिक नीति आउनुअघि नै हरेक बैँकले पार्टनर खोजेर जानकारी दिन निर्देशन दिएको खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।

बिहीबार नेपाल राष्ट्र बैँकका गभर्नरले वाणिज्य बैँकका उच्च अधिकारीहरुसँग छलफल गर्दै मौद्रिक नीति आउनु अघि नै उपर्युक्त पार्टनर निश्चित गर्न भनेका हुन्।

हाल तीन सरकारी लगानीसहित २८ वाणिज्य बैँक छन्। तिनलाई केन्द्रीय बैँकले १० देखि १४ मा झार्न खोजेको देखिन्छ।

तर, बैँकरहरु भने केन्द्रीय बैँकले भनेअनुसार नै बैँकहरुको संख्या घट्ने सम्भावना भने कम रहेको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad