प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई ताकेता गर्दै दोस्रो चौमासिक कार्यप्रगति विवरणलाई परिणाममुखी बनाउन निर्देशन दिएको छ।
साथै, प्रधानमन्त्री कार्यालयले दोस्रो चौमासिक कार्यप्रगतिको प्रारम्भिक समीक्षासमेत थालेको छ।
अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणसमेत अपेक्षाकृत हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको खबर आजको राजधानी दैनिकले छापेको छ।
चालूृ आर्थिक वर्ष २०७६–७७ को पहिलो चौमासिक प्रगति विवरणमा अधिकांश मन्त्रालयको नतिजा राम्रो नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई दोस्रो चौमासिकमा भने नतिजा राम्रो ल्याउन ताकेता थालेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ मंसिरमा मन्त्री तथा सचिवलाई निर्देशन दिँदै दोस्रो चौमासिकमा राम्रो नतिजा प्राप्त गर्न सोहीअनुसार रणनीति बनाएर अगाडि बढ्न आग्रह गरेका थिए।
प्रधानमन्त्रीले त्यस्तो आग्रह गरे पनि अधिकांश मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो मन्त्रालयको कामलाई दु्रत गतिमा अगाडि बढाउन नसकेको पाइएको छ।

प्रतिक्रिया