छापा खबर


५० हजारकाे प्रलोभनमा दिलीपको हत्या

५० हजारकाे प्रलोभनमा दिलीपको हत्या

नेपालखबर
पुस २७, २०७६ आइतबार १:३३,

क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्ने दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य खुलेको छ।
मिथिला नगरपालिका ५, श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो।

चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले दिलीपको हत्या गराएको स्रोतको दाबी छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा गोविन्द महतोले लेखेका छन्।

उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास १२ का जितेन्द्रकुमार, बर्दिबास ९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

किचेर हत्या गराउन क्रसरधीन विपिनले ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नैपर्छ,’ विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिल गरेको स्रोतले जानकारी दिँदै भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad