राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौँ- केरुङ सडकमार्गमा खर्च गरिने भएको छ।
यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइने छ।
सडक बनेपछि काठमाडौँबाट रसुवागढी नाका दुई घन्टामै पुगिने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
हाल काठमाडौँको त्रिपुरेश्वरबाट सुरु भई टोखा-बिदुर-बेत्रावती हुँदै रसुवागढी पुग्न १ सय ७ किलोमिटर लम्बाइ छ।
सुरुङ बनाइएपछि यो सडकको लम्बाइ सरदर ३५ किलोमिटर घट्ने अनुमान छ।

प्रतिक्रिया