छापा खबर


आफ्नो फोन उठाएको भन्दै सुनसरीमा श्रीमतीको हत्या

आफ्नो फोन उठाएको भन्दै सुनसरीमा श्रीमतीको हत्या

नेपालखबर
पुस २४, २०७६ बिहिबार ३:९,

सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरकी २१ वर्षीया पूजादेवी मेहताको हत्या भएको छ।

मेहतालाई उनकै श्रीमान् २५ वर्षीय सन्तकुमार मेहताले आफ्नो मोबाइल उठाएको आरोपमा कुटपिट गरी हत्या गरेका हुन्।

पत्नीले फोन उठाएको निहुँमा पति सन्तकुमारले हत्या गरेको स्थानीय विनोद मेहताले बताए।

पुस २१ गते साँझ देउता घरमा बत्ती बालेर खाना पकाउने तयारी गरेका बेला पतिको मोबाइलमा फोन आएको र उठाएको कारणबाटै ज्वाइँले नै छोरीको हत्या गरेको मृतकका बुवा शिवनारायण महेताले बताए।

एक वर्षअघि विवाह गरेको र राम्रो जीवन व्यतीत गरिरहेका बेला सन्तकुमार अर्कै केटीसँग फोनमा कुरा गर्न पल्केकाले पूजाको हत्या भएको माइती पक्षको आरोप छ।

तर सन्तकुमारले भने श्रीमतीले विष खाएर आत्महत्या गरेको दाबी गरेका छन्। यो खबर आजको गोरखापत्रमा छापिएको छ।

सुनसरी प्रहरीले भने शवको पोस्टमार्टमा रिपोर्ट आएपछि हत्या वा आत्महत्या के हो खुल्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad