छापा खबर


अब मोबाइलको ब्यालेन्सबाटै सामान किन्न पाइने, यस्तो छ तरिका

अब मोबाइलको ब्यालेन्सबाटै सामान किन्न पाइने, यस्तो छ तरिका

नेपालखबर
पुस २४, २०७६ बिहिबार २:३७,

मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ।

प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिका प्रमाणीकरण भइसकेको छ।

मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा १ हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइलको ब्यालेन्स प्रयोग गरी खरिद गर्न सकिनेछ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

तत्कालका लागि मोबाइल ब्यालेन्स प्रयोग गरी वस्तु खरिद गर्न नसके पनि अनलाइन कन्टेन्ट खरिदलाई लक्ष्य गरी कार्यविधि ल्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। अहिले बैंकिङ प्रणालीमार्फत मोबाइल वालेटमा रकम ट्रान्सफर गरी वस्तु तथा सेवा खरिद गर्न सकिने प्रविधि सञ्चालनमा छन्।

मोबाइल ब्यालेन्समार्फत ग्राहकले वस्तु तथा सेवा खरिदका लागि रिचार्ज कार्ड वा अन्य विधिबाट मोबाइलमा ब्यालेन्स हालेर त्यसैमार्फत कारोबार गर्न सकिन्छ। यद्यपि यस्तो सुविधा अहिले केही दूरसञ्चार कम्पनीले दिइरहेका छन्।

मोबाइल प्रयोगकर्ताले अनलाइन गेम, सीआरबीटी तथा पीआरबीटीजस्ता दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई बिक्री गर्ने सेवा खरिदका लागि कार्यविधि ल्याइएको अर्यालले बताए। कार्यविधिले यस्ता सेवा खरिदलाई नियमन गर्ने प्रावधान राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad