ललितपुरको खोकनावासीले आफ्नै मुखमा कालो मोसो दलेर विरोध गरेका छन्।
फास्ट ट्र्याक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्गलगायत विकास निर्माणले खोकनाका सांस्कृतिक सम्पदा र संरचना मासिनले भन्दै मंगलबार अनुहारमा मोसो दलेर विरोध गरेका हुन्।
उनीहरूले केही वर्षदेखि नै यस्ता संरचना निर्माणको विरोध गरिरहेका छन्। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
विरोध कार्यक्रमलाई स्थानीयले ‘विभेद र विस्थापनविरुद्ध कलात्मक विरोध’ नाम दिएका थिए।
3
Shares

प्रतिक्रिया