ग्लोबल


भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला

भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला

नेपालखबर
पुस २३, २०७६ बुधबार १:२१,

भारतको नयाँ दिल्लीस्थित एक अदालतले बलात्कारका चार अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ।

राजधान दिल्लीस्थित ट्रायल अदालतले आठ वर्षअघिको एक बलात्कार घटनामा मंगलबार यस्तो आदेश दिएको हो।

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र ६ जनाले सामुहिक बलात्कार गरेका थिए।

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। जुन घटनाको भारतभर चर्को विरोध भएको थियो।

बलात्कार तथा हत्या कसुरमा उनीहरुलाई जनवरी २२ (माघ ८) का दिन बिहान ७ बजे झुन्डाएर मृत्युदण्ड दिन अदालतले फैसला गरेको छ।

पटक-पटकको सुनुवाइपछि न्यायाधीश सतीशकुमार अरोराले बलात्कारीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई झुन्ड्याएर मृत्यु दण्ड दिन फैसला गरेका हुन्।

फैसलापछि निर्भयाकी आमा आशा देवीले फैसलाले अदालतप्रति जनविश्वास बढेको प्रतिक्रिया दिएकी छन्।

मृत्युदण्डको फैसला सुनाइएका चार अभियुक्तले १४ दिनभित्र सर्वोच्च अदालत जान वा राष्ट्रपति समक्ष जीवनरक्षाको याचना गर्न सक्ने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad