नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आरामका लागि सिन्धुपाल्चोक गएका छन्।
पार्टीका केही नेता सहित अध्यक्ष दाहाल साेमबार बेलुकी सिन्धुपाल्चोक पुगेका हुन्।
दाहाल यस अघि पनि रिफ्रेसका लागि बेला बेलामा सिन्धुपाल्चोक आउने गरेका थिए। यस अघि प्राय रिसोर्टमा बस्ने गरेका अध्यक्ष दाहाल यस पटक भने रिसोर्टमा नबसी व्यक्तिको घरमा बसेका छन्।
अध्यक्ष दाहाल चौतारा साँगाचोकगढी नगरपालिका ९ कदमबासका स्थानीय नेकपा कार्यकर्ता बलराम गिरीको घरमा बास बसेको स्रोतको भनाइ छ भनेर याे खबर आजकाे राजधानी दैनिकले छापेकाे छ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र तीव्र विवाद भइरहेका बेला अध्यक्ष दाहाल सुटुक्क सिन्धुपाल्चोक पुगेका हुन्।
अध्यक्ष दाहालका साथमा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटासहित केही केन्द्रीय नेता रहेको स्रोतको दाबी छ।
आरामका लागि गएकाले उनले पार्टीका कोही नेता/कार्यकर्तासँग समेत नभेट्ने भएका छन्।
दाहाल सिन्धुपाल्चाेक पुगेको बारे जिल्लास्थित सुरक्षा समितिलाई समेत जानकारी नगराएको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दियो।

प्रतिक्रिया