काठमाडौँका केही ठाउँमा आज (मंगलबार) दिनभर बिजुली जाने भएको छ।
चक्रपथ विस्तारको लागि रुख काट्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने बिजुली सात घन्टा बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
ती क्षेत्रमा बिहान ९ बजेपछि गएको बिजुली दिउँसो ४ बजेपछि मात्रै आउने छ।
सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया