छापा खबर


यसरी बढिरहेको छ नेपालमा विषादीको प्रयोग

यसरी बढिरहेको छ नेपालमा विषादीको प्रयोग

नेपालखबर
पुस २२, २०७६ मंगलबार ३:३२,

‘विषादी विष हो, औषधि होइन’ सरकारले यो नारा दिएर विषादी प्रयोगमा सचेतना अपनाउन वर्षौंदेखि अभियान चलाउँदै आएको छ।

तर विषादी प्रयोग तथा आयातमा कमी हुनुको सट्टा बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सन् २०१३ देखि विषादीमुक्त सप्ताह अभियानकै रूपमा मनाउँदै आएको छ।

अभियान चलाए पनि यसको आयात तथा प्रयोगमा कुनै सुधार नआएको केन्द्रका निमित्त प्रमुख सहदेव हुमागाईंले बताए।

केन्द्रले पुस २२ गतेदेखि साताव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम आयोजना गर्नुको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्कले नेपालमा विषादी प्रयोगको अवस्था विकाराल रहेको देखाएको छ।

नेपालमा छ वर्षमा मात्र तीन अर्ब २१ करोड ७१ लाख ८८ हजार ४७ रुपियाँको विषादी आयात भएको छ। गत वर्षको तथ्याङ्क हेर्दा नेपालमा ६३२.४१ टन खास आयात भएको देखिन्छ।

जसमा कीटनाशक २१६ टन, रोगनाशक २६८ टन, झारनाशक १४२ टन र अन्य विषादी पाँच टन आयात भएको देखिन्छ । त्यसका लागि करिब ८४ करोड रुपियाँ गत वर्ष खर्च भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad