चितवनमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ। रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकमा रोकिराखेको ना ५ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया